स्वचालित मूल्य प्रणालीअनुरूप इन्धनको मूल्य समायोजन गर्नुपर्छ : नेता सिंह
काठमाडाैं, भदाै ४ : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकारका कामकारबाही तल्लो तहका समुदायले राहत महसुस गर्नुपर्ने खालको हुनुपर्ने बताउनुभएको छ।शनिबार काठमाडौं महानगरपालिका...
काठमाडाैं, भदाै ४ : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकारका कामकारबाही तल्लो तहका समुदायले राहत महसुस गर्नुपर्ने खालको हुनुपर्ने बताएका छन्।
शनिबार काठमाडौं महानगरपालिका वडा नम्बर १० मा आयोजित सामदायिक सभा हल उदघाटन कार्यक्रममा नेता सिंहले सरकारका कामहरुलाई थप प्रभावकारी बनाउर्दै तल्लो तहका समुदायले राहत महसुस गर्ने खालको हुनुपर्ने बताएका हुन्।
उनले नेता सिंहले स्वचालित मूल्य प्रणाली लागु गरेर इन्धनको मूल्य समायोजन गर्नुपर्ने बताउनुभयो। त्यस्तै नेता सिंहले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनको काममा पनि समुदायलाई सहभागी गराउनुपर्ने धारणा राखे। काठमाडौं महानगरपालिकालाई फोहोरको दीर्घकालीन व्यवस्थापनको उपाय खोज्न उहाले सुझाव दिए।
त्यस्तै उनले फोहोरमा राजनीतिकरण भएकोमा विरोध जनाउँदै महानगरपालिका, वडा वा सरकारले गर्ने कामहरुमा राजनीतिकरण गर्न नहुने बताए।
बागमती प्रदेश सभा सदस्य दीपेन्द्र श्रेष्ठका अनुसार प्रदेश पूर्वाधार विकास साझेदार कार्यक्रमको १४ लाख रुपैयाँ बजेटमा सामुदायिक सभा हल निर्माण गरिएको हो।











