कांग्रेस नेता गिरी भेट्न मेडिसिटी पुगे प्रचण्ड

काठमाडौं, भदौ ४ : लामो समयदेखि अवस्थ भएर ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचार गराइरहेका कांग्रेस नेता प्रदीप गिरिलाई भेट्न नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड अस्पताल पुगेका छन्।
शनिबार बिहान गिरिलाई भेट्न अस्पताल पुगे प्रचण्डले स्वास्थ्य अवस्था बारे जानकारी लिएका छन्।
घाँटीमा क्यान्सरसँग जुधिरहेका गिरिको स्वास्थ्य अवस्था गम्भीर भएपछि शुक्रबारबाट भेन्टिलेटरमा राखेर उपचार गरिँदैछ।
प्रकाशित मिति: १२:०५ बजे, शनिबार, भदौ ४, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











