Kathmandu Press

क्रिकेटको डिजिटलाइजका लागि क्यानले गर्‍यो विश्वप्रसिद्ध कम्पनी क्रिकएजक्यूसँग सम्झौता

काठमाडाैं, भदाै ४ : नेपाली क्रिकेटमा डिजिटल प्रविधिको विकासका लागि नेपाल क्रिकेट संघ (क्यान)ले विश्वप्रसिद्ध डिजिटल प्लेटफर्म कम्पनी क्रिकएचक्युसँग सम्झौता गरेको छ।न्युजिल्याण्डको कम्पनी...
क्रिकेटको डिजिटलाइजका लागि क्यानले गर्‍यो विश्वप्रसिद्ध कम्पनी क्रिकएजक्यूसँग सम्झौता

काठमाडाैं, भदाै ४ : नेपाली क्रिकेटमा डिजिटल प्रविधिको विकासका लागि नेपाल क्रिकेट संघ (क्यान)ले विश्वप्रसिद्ध डिजिटल प्लेटफर्म कम्पनी क्रिकएचक्युसँग सम्झौता गरेको छ।

न्युजिल्याण्डको कम्पनी क्रिकएचक्युसँग सबै तहको क्रिकेटमा डिजिटल प्रविधिको विकासका लागि सम्झौता क्यनले विज्ञप्तिमार्फत जनाएको छ। क्रिकएचक्यु क्रिकेटको सबैभन्दा ठूलो डिजिटल प्लेटफर्म कम्पनी हो। क्यानले क्रिकएचक्युसँग तीन वर्षको सम्झौता गरेको छ।

क्रिकएचक्युसँगको सम्झौता पछि नेपालका सबै तहका क्रिकेटको डिजिटलाइजेसन र लाइभ स्कोरिङ र स्ट्रिमिङलगायत प्राविधिक विकास ल्याउन मद्दत पुग्नेछ।

सम्झौतापछि क्रिकएचक्युका सिईओ इरिन वाल्सेले नेपाली क्रिकेटको डिजिटलाइज गर्न आफूहरु तत्पर रहेको बताएका छन्। उनले नेपाली क्रिकेटसँग जोडिन पाउँदा खुसी र उत्साहित भएको बताएका छन्।

क्रिक एचक्यु सँगसँगै माई एक्सन रिप्लेले क्यान लाई आफ्ना खेलाडीहरू, फ्यानहरू र फराकिलो क्रिकेट समुदायको पनि संलग्न हुन सक्ने डेटा सङ्कलन गर्न मद्दत गर्ने सिईओ वल्सेले बताए।

यस्तै, क्यानका कार्यबहाक सचिव प्रहान्तविक्रम मल्लले क्रिकएचक्युसँगको सहकार्यले पूर्ण डाटाबेस विकासमा सहयोग पुग्ने उल्लेख गरे। टाडाबेस विकासपछि प्रशिक्षक, सहयोगी कर्मचारी र खेलाडीहरू अझ राम्रो प्रदर्शन गर्न मद्दत मिल्ने उनले बताए।

प्रकाशित मिति: ११:३४ बजे, शनिबार, भदौ ४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्