करेन्ट लागेर नेपालगञ्जमा बाबु र छोराको मृत्यु
बाँके, भदौ ४ : नेपालगञ्जमा करेन्ट लागेर आज बाबु र छोराको मृत्यु भएको छ ।करेन्ट लागेर नेपालगञ्ज उपमहानगरपालिका–१७ निवासी करिब ४० वर्षीय परसुराम...
बाँके, भदौ ४ : नेपालगञ्जमा करेन्ट लागेर आज बाबु र छोराको मृत्यु भएको छ ।
करेन्ट लागेर नेपालगञ्ज उपमहानगरपालिका–१७ निवासी करिब ४० वर्षीय परसुराम कलवार र २५ वर्षीय बब्लु कलवारको मृत्यु भएको प्रहरीले जनाएको छ।
अटो रिक्सा चार्ज गर्ने क्रममा छोरा बब्लुलाई करेन्ट लागेको र उनलाई बचाउन खोज्दा बाबु पर्शुरामलाई पनि करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिए।
करेन्ट लागेर गम्भीर घाइते भएका उनीहरुको नेपालगञ्जस्थित नर्सिङ होममा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार शव परीक्षणका लागि भेरी अस्पताल लगिएको छ ।
प्रकाशित मिति: ११:०५ बजे, शनिबार, भदौ ४, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











