‘विकासबाहेक अरु स्वार्थ छैन’
तनहुँ, भदाै ४ : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले विकासबाहेक आफ्नो अरु स्वार्थ नभएको बताएका छन्। तनहुँको भानु नगरपालिका–१ भन्सारमा शनिबार आयोजित...
तनहुँ, भदाै ४ : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले विकासबाहेक आफ्नो अरु स्वार्थ नभएको बताएका छन्। तनहुँको भानु नगरपालिका–१ भन्सारमा शनिबार आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा नेता पौडेलले जिल्लाको विकास र समृद्धि नै आफ्नो लक्ष्य भएको बताए ।
जिल्लाको विकास र समृद्धिबाट जनताको जीवनस्तर उकास्नका लागि राजनीति गरेको बताउँदै नेता पौडेलले त्यसका लागि आफू क्रियाशील रहेको उल्लेख गरे। संविधानको रक्षाका लागि गठबन्धन गरिएको र गठबन्धनले आगामी दिनमा पनि निरन्तरता पाउने उनको भनाई छ ।
आसन्न निर्वाचनमा तनहुँ क्षेत्र नम्बर १ बाटै उम्मेदवार बन्ने घोषणा पनि कार्यक्रममा नेता पौडेलले गरे। निर्वाचन मिति तोकिएसँगै नेता पौडेलले गृहजिल्लामा कार्यकर्ता भेटघाटलाई तीव्र बनाएका छन्।
पौडेलले शनिबार नै भानु नगरपालिका–३ खहरे, भानु नगरपालिका–६ कटहरे, शेपाबगैंचा, भानु नगरपालिका–५ नारेश्वरटारलगायतका ठाउँमा कार्यकर्ता भेटघाट गर्ने कार्यक्रम रहेको छ ।











