Kathmandu Press

सन्दीपले डेजर्ट भाइपर्सबाट इन्टरनेशनल टि–२० लिग खेल्ने

काठमाडाैं, भदाै ४ : पहिलो पटक युएईमा आयोजना हुन लागेको इन्टरनेशनल टि–२० लिगमा नेपाली राष्ट्रिय टिमका कप्तान सन्दीप लामिछाने डेजर्ट भाइपर्समा आबद्ध भएका...
सन्दीपले डेजर्ट भाइपर्सबाट इन्टरनेशनल टि–२० लिग खेल्ने

काठमाडाैं, भदाै ४ : पहिलो पटक युएईमा आयोजना हुन लागेको इन्टरनेशनल टि–२० लिगमा नेपाली राष्ट्रिय टिमका कप्तान सन्दीप लामिछाने डेजर्ट भाइपर्समा आबद्ध भएका छन्। प्रतियोगिताको मार्की खेलाडीका रुपमा रहेका सन्दीपलाई अन्य १३ खेलाडीसँगै भाइपर्सले अनुबन्धन गरेको हो।

प्रतिोगितामा सन्दीप एसोसिएट राष्ट्रका एकमात्र मार्की खेलाडी थिए। भाइपर्सले सन्दीपसँगै श्रीलंकन स्टार स्पिनर वानिन्दु हसरंगा, इंग्ल्यान्डका एलेक्स हल्स, बेन डकेट साम कुरान, साम विलिंग्स, न्युजिल्यान्डका कोलिन मुन्रो, वेस्टइन्डिजका सेलडन कोट्रेल र सेरफन रथर्सफुट तथा प्रतियोतिगाकै एकमात्र पाकिस्तानी खेलाडी अजम खानलगायत छन्।

प्रतियोगितामा अनुबन्ध हुने खेलाडीले १० हजारदेखि ४ लाख ५० हजार अमेरिकी डलरसम्म पाउने बताइएको छ। तर, सन्दीप कति रकमा अनुबन्धन भए भन्ने खुलाइएको छैन । सन्दीपको टिममा टम मुडी निर्देशक छन् भने जेम्स फोस्टर मुख्य प्रशिक्षक छन्। भाइपर्समा इंग्लिस क्लब म्यान्चेस्टर युनाइटेडको लगानी छ।

इमिरेट्स क्रिकेट बोर्डले आयोजना गर्ने प्रतियोगिता सन् २०२३ को जनवरी ६ देखि फेब्रुवरी १२ सम्म  हुनेछ । प्रतियोगितामा डेजर्ट भाइपर्ससँगै गल्फ जाइन्ट्स, एमाई इमिरेट्स, दुबई क्यापिटल्स, अबुधाबी नाइट राइडर्स र सारजाह वारियर्स गरी ६ फ्रेन्चाइज टिम छन्।

प्रत्येक टिमले १८ खेलाडी अनुबन्धन गर्नुपर्ने नियम छ। जसमा १२ विदेशी, ३ स्थानीय र २ एसोसिएट र १ युएईको यू–२३का खेलाडी हुनुपर्नेछन्। यस्तै, प्लेइङ सेटमा बढी ९ विदेशी र १ स्थानीय र १ एसोसिएट खेलाडी अनिवार्य राख्नु पर्ने छ।

प्रतियोगिता डबल राउन्ड रोबिन लिगका आधारमा हुने छ। जसमा समूह चरणमा ३०, प्लेअफका ३ र फाइलन गरी कुल ३४ खेल हुनेछ।

 

प्रकाशित मिति: १०:२६ बजे, शनिबार, भदौ ४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्