Kathmandu Press

पदाधिकारी छनोट गर्न माओवादी स्थायी समिति बैठक आज

काठमाडौं, भदौ ४ : नेकपा (माओवादी केन्द्र) को स्थायी समितिको बैठक आज फेरि बस्दै छ।माओवादी केन्द्रीय कार्यालय, पेरिसडाँडामा आज दिउसो १ बजे स्थायी...
पदाधिकारी छनोट गर्न माओवादी स्थायी समिति बैठक आज

काठमाडौं, भदौ ४ : नेकपा (माओवादी केन्द्र) को स्थायी समितिको बैठक आज फेरि बस्दै छ।

माओवादी केन्द्रीय कार्यालय, पेरिसडाँडामा आज दिउसो १ बजे स्थायी समिति बैठक बस्न लागेको हो। आजको बैठकले पदाधिकारीको टुंगो लगाउने माओवादी प्रवक्ता कृष्णबहादुर महराले बताए।

केही दिनदेखि माओवादी स्थायी समिति बैठक लगातार बस्दै आएको छ। पदाधिकारीमा सहमति जुट्न सक्दा बैठक लम्बिँदै आएको जनाएको छ।

त्यस्तै, माओवादीले स्थायी समिति, पोलिटब्यूरो र केन्द्रीय समितिमा पनि सदस्य थप्ने भएको छ। आजको बैठकले त्यसको पनि टुंगो लगाउने प्रवक्ता महराको भनाइ छ।

यसअघि शुक्रबार बसेको स्थायी समिति बैठकमा पदाधिकारी, स्थायी समिति सदस्य, पोलिटब्यूरो सदस्य र केन्द्रीय सदस्यबारे छलफल भएको थियो। स्थायी समितिले पदाधिकारीको सूची प्रस्ताव गर्न अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई जिम्मेवारी दिएको छ।

प्रकाशित मिति: ०८:०८ बजे, शनिबार, भदौ ४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्