Kathmandu Press

फेरि गयो भूकम्प, बाँके आसपासका क्षेत्रमा धक्का महसुस

काठमाडौं, भदौ ४ : बाँकेको हात्तीसार केन्द्रबिन्दु भएर भूकम्प गएको छ।राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार गएराति १ः२८ बजे बाँकेको हात्तीसार आसपास...
फेरि गयो भूकम्प, बाँके आसपासका क्षेत्रमा धक्का महसुस

काठमाडौं, भदौ ४ : बाँकेको हात्तीसार केन्द्रबिन्दु भएर भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार गएराति १ः२८ बजे बाँकेको हात्तीसार आसपास केन्द्रबिन्दु भएर ४.८ रेक्टर स्केलको भूकम्प गएको हो।

यो गोरखा भूकम्पको परकम्प नभएको केन्द्रले जनाएको छ। भूकम्पको धक्का पश्चिम नेपालका बाँके, बर्दिया र भारतका विभिन्न भागमा महसुस गरिएको थियो।

भूकम्पबाट क्षति भएको विषयमा कुनै जानकारी नआएको जिल्ला प्रशासन कार्यालय, बाँकेले जनाएको छ।

प्रकाशित मिति: ०७:४३ बजे, शनिबार, भदौ ४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्