Kathmandu Press

नेता प्रदीप गिरिको भेन्टिलेटरमा राखेर उपचार हुँदै

काठमाडौं, भदौ ४ : नेपाली कांग्रेसका नेता तथा समाजवादी चिन्तक प्रदीप गिरिको उपचार चलिरहेको छ।केही दिनदेखि नेता गिरिको ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचार भइरहेको...
नेता प्रदीप गिरिको भेन्टिलेटरमा राखेर उपचार हुँदै

काठमाडौं, भदौ ४ : नेपाली कांग्रेसका नेता तथा समाजवादी चिन्तक प्रदीप गिरिको उपचार चलिरहेको छ।

केही दिनदेखि नेता गिरिको ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ। उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको स्वकीय सचिव मन्दिप भारतीले जानकारी दिए।

नेता गिरिलाई घाँटीको क्यान्सर भएको थियो। केही साताअघि भारतमा उपचार भएको थियो।

भारतमा उपचार गरेर फर्के लगत्तै स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएका थिए। उनलाई निमोनिया भएको पाइएको थियो।

नेता गिरिको स्वास्थ्य अवस्था स्थिर रहेको उनका स्वकीय सचिव भारतले बताए। उनको स्वास्थ्य लाभका लागि प्रार्थना गर्न थालिएको छ। (रासस)

प्रकाशित मिति: ०७:०० बजे, शनिबार, भदौ ४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्