Kathmandu Press

गठबन्धनको साझा अवधारणा बनाउने जिम्मा सिटौला कार्यदललाई

काठमाडाैं, भदाैं ३ : सत्तारुढ गठबन्धनले साझा अवधारणा बनाउने जिम्मा पनि कृष्णप्रसाद सिटौला नेतृत्वको कार्यदललाई दिएको छ।कार्यदलका सदस्य एवं सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार...
गठबन्धनको साझा अवधारणा बनाउने जिम्मा सिटौला कार्यदललाई

काठमाडाैं, भदाैं ३ : सत्तारुढ गठबन्धनले साझा अवधारणा बनाउने जिम्मा पनि कृष्णप्रसाद सिटौला नेतृत्वको कार्यदललाई दिएको छ।

कार्यदलका सदस्य एवं सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार शुक्रबार प्रधानमन्त्री निवास, बालुवाटारमा बसेको बैठकले साझा अवधारणा बनाउने जिम्मा सिटौला नेतृत्वको कार्यदललाई दिएको बताए।

सिट बाँडफाँटका लागि बनेको ११ सदस्यीय कार्यदलले अहिलेसम्म भएको छलफलबारे शीर्ष नेताहरुलाई ब्रिफिङ गरेको थियो।

बैठकले चाँडै काम सकाउन पनि निर्देशन दिएको उनले बताए।

प्रकाशित मिति: १९:१७ बजे, शुक्रबार, भदौ ३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्