Kathmandu Press

राष्ट्रपतिले पाटन पुगेर गरिन् श्रीकृष्णको पूजा एवं दर्शन

ललितपुर, भदाै ३ : राष्ट्रपति विद्यादेवी भण्डारीले श्रीकृष्ण जन्माष्टमीका अवसरमा पाटनस्थित कृष्ण मन्दिर गई भगवान् श्रीकृष्णको पूजा एवं दर्शन गरेकी छन्।प्रत्येक वर्ष भाद्र कृष्णजन्माष्टमीका...
राष्ट्रपतिले पाटन पुगेर गरिन् श्रीकृष्णको पूजा एवं दर्शन

ललितपुर, भदाै ३ : राष्ट्रपति विद्यादेवी भण्डारीले श्रीकृष्ण जन्माष्टमीका अवसरमा पाटनस्थित कृष्ण मन्दिर गई भगवान् श्रीकृष्णको पूजा एवं दर्शन गरेकी छन्।

प्रत्येक वर्ष भाद्र कृष्णजन्माष्टमीका दिन राष्ट्राध्यक्षले पाटन कृष्ण मन्दिरमा पूजा एवं दर्शन गर्ने परम्परा रहिआएको छ। सो अवसरमा राष्ट्रपति भण्डारीले मन्दिरका पुजारीबाट फूल एवं प्रसाद ग्रहण गरिन्।

सत्रौँ शताब्दीमा राजा सिद्धिनरसिंह मल्लका पालामा निर्माण भएको उक्त मन्दिरमा श्रीकृष्ण जन्माष्टमीका दिन विशेष मेला लाग्ने गर्दछ।

किंवदन्तीअनुसार महादेव मन्दिर बनाउन राखिएको जग्गामा सपनामा भगवान् कृष्णले मन्दिर बनाउन भनेपछि राजा सिद्धिनरसिंहले खन्न लगाउँदा जमीनमुनि कृष्णको मन्दिर फेला परेको थियो।

त्यसपछि तल कृष्ण र माथि शिव मन्दिर स्थापना गरिएको संस्कृतिविद्हरुको भनाइ छ।

प्रकाशित मिति: १८:२५ बजे, शुक्रबार, भदौ ३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्