Kathmandu Press

अस्पतालमा गिरीलाई भेटेपछि निधिले भने- ईश्वरीय चमत्कारका लागि प्रार्थना गर्दछु

काठमाडाैं, भदाै ३ : कांग्रेसका नेता एवं ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचाररत कांग्रेस नेता एवं सांसद प्रदीप गिरीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको छ। गिरीलाई...
अस्पतालमा गिरीलाई भेटेपछि निधिले भने- ईश्वरीय चमत्कारका लागि प्रार्थना गर्दछु

काठमाडाैं, भदाै ३ : ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचाररत कांग्रेस नेता एवं सांसद प्रदीप गिरीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको छ। 

गिरीलाई मेडिसिटीमा दोस्रोपटक भेट्न पुगेका नेता विमलेन्द्र निधिले उनको अवस्था देखे आफू स्तब्ध बनेकाे बताएका छन्।

सामाजिक सञ्जालमा उनले राखेको भनाइले नेता गिरीको अवस्था गम्भीर रहेको बुझ्न सकिन्छ। उनले गिरीको स्वास्थ्य लाभका ईश्वरीय चमत्कारको प्रार्थना गरेका गरेका छन्, अरूलाई पनि प्रार्थनाका निम्ति आग्रह गरेका छन्।

‘आदरणीय मेरा अग्रज भ्रातातुल्य मित्र, समाजवादी, गान्धीवादी, विचारक, योद्धा, नेपाली कांग्रेसका नेता प्रदीप गिरीलाई मेडिसिटीमा दोस्रोपटक हेरेर बाटोमा फर्कंदै छु,’ उनले ट्विटरमा लेखेका छन्, ‘स्तब्ध र निरीह छु। ईश्वरीय चमत्कारको लागि प्रार्थना गर्दछु। सबैले प्रार्थना गरौं।’

साउन दोस्रो साता उक्त अस्पतालमा भर्ना भएका गिरीको स्वास्थ्यमा सुधार नआएपछि अहिले भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ। साउन दोस्रो साता गिरीलाई ललितपुरस्थित मेडिसिटी अस्पतालमा भर्ना गरेर उपचार भइरहेको हो। 

गत वर्ष घाँटीमा क्यान्सर देखिएपछि उनलाई उपचारका लागि भारत लगिएको थियो। करिब एक वर्ष उपचारमा पनि सन्तोषजनक नतिजा नआएपछि स्वास्थ्यमा सुधार आएपछि उनी नेपाल फर्किएका थिए। न

पाल आउनासाथ निमोनिया देखिएकाले उनलाई भर्ना गरिएको मेडिसिटीमा भर्ना गरिएको थियो।

प्रकाशित मिति: १७:१७ बजे, शुक्रबार, भदौ ३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्