Kathmandu Press

तीन तहको सरकार हुँदा पनि फोहाेर उठाउन नसक्नु लज्जाजनक : महामन्त्री शर्मा

काठमाडाैं, भदाै ३ : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले तीन तहको सरकारले पनि काठमाडौंको फोहर उठाउन नसक्नु लज्जाजनक भएको बताएका छन्।शुक्रबार काठमाडौंमा कमरेडको...
तीन तहको सरकार हुँदा पनि फोहाेर उठाउन नसक्नु लज्जाजनक : महामन्त्री शर्मा

काठमाडाैं, भदाै ३ : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले तीन तहको सरकारले पनि काठमाडौंको फोहर उठाउन नसक्नु लज्जाजनक भएको बताएका छन्।

शुक्रबार काठमाडौंमा कमरेडको जनै पुस्तक विमोचन गर्दै शर्माले अहिले काठमाडौंको सडक जताजतै फोहरले भरिएको भन्दै मुलुकमा तीन तहको सरकार हुँदा पनि फोहाेर उठाउन नसक्नु लज्जाजनक भएको बताएका हुन्।

उहाले फोहरको दिर्घकालि समाधान र महानगरका प्रमुख बालेन्द्र साहलाई सहयोग गर्ने तथा बञ्चरेडाडाँबासीन्दाको माग सम्बोधन गर्न कमजोरी भइरहको जिकिर गर्नुभयो। शासन व्यवस्था फेरिएपनि मुलुकको अवस्था फेरिन नसकेको उनको भनाई छ।

त्यस्तै शर्माले युवाहरुले मुलुकको अवस्थाका बारेमा चिन्ता गर्ने बेला आएको धारणा राखे। 

प्रकाशित मिति: १६:४९ बजे, शुक्रबार, भदौ ३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्