Kathmandu Press

काठमाडौं उपत्यकामा १४३ जनामा कोरोना पुष्टि

काठमाडौं, भदौ ३ : पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा १ सय ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।तीमध्ये काठमाडौंमा १ सय २६, ललितपुरमा...
काठमाडौं उपत्यकामा १४३ जनामा कोरोना पुष्टि

काठमाडौं, भदौ ३ : पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा १ सय ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

तीमध्ये काठमाडौंमा १ सय २६, ललितपुरमा १३ र भक्तपुरमा ४ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

योसँगै काठमाडौं उपत्यकामा सक्रिय संक्रमितको संख्या ३ हजार २ सय २ पुगेको छ। तीमध्ये काठमाडौंमा २ हजार ४ सय ४३, ललितपुरमा ८ सय १ र भक्तपुरमा ८० जना रहेको मन्त्रालयले जनाएको छ।

शुक्रबार देशभर ६ सय २३ जना जनामा कोरोना संक्रमण पुष्टि हुँदा सक्रिय संक्रमितको संख्या ५ हजार २४ पुगेको छ।

प्रकाशित मिति: १६:३१ बजे, शुक्रबार, भदौ ३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्