थप ६२३ जनामा कोरोना संक्रमण पुष्टि
हाल नेपालमा ५ हजार २४ सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।
काठमाडाैं, भदाै ३ : पछिल्लाे २४ घन्टामा नेपालमा थप ६ सय २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
देशभर गरिएको १ हजार ६ सय २१ पिसिआर परिक्षणका क्रममा २ सय ४६ जना र ३ हजार ३ सय २४ एन्टिजेन परीक्षणका क्रममा ३ सय ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ।
कोरोनाका कारण शुक्रबार कसैको मृत्यु नभएको स्वास्थय मन्त्रालयले जनाएको छ। त्यस्तै थप ४ सय ८७ संक्रमित निको हुँदा हालस्म्म नेपालमा ९ लाख ७७ हजार ८ सय ४५ जना निको भएका छन्।
हाल नेपालमा ५ हजार २४ सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।
प्रकाशित मिति: १६:२१ बजे, शुक्रबार, भदौ ३, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











