Kathmandu Press

माओवादीलाई जिताउने गरी लाग्न वाइसीएललाई प्रचण्डको निर्देशन 

पार्टीको भ्रातृसंगठन योङ कम्युनिस्ट लिग (वाइसीएल)को राष्ट्रिय भेलालाई उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले २०६४ सालको निर्वाचनमा जस्तै चुनाव विजय गराउने अविचलित अभियान सञ्चालन गर्न निर्देशन दिएका हुन्। 
माओवादीलाई जिताउने गरी लाग्न वाइसीएललाई प्रचण्डको निर्देशन 

काठमाडौं, भदौ ३ : नेकपा माअ‍ोवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा पार्टीलाई जिताउने गरी लाग्न युवाहरुलाई निर्देशन दिएका छन् ।

पार्टीको भ्रातृसंगठन योङ कम्युनिस्ट लिग (वाइसीएल)को राष्ट्रिय भेलालाई उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले २०६४ सालको निर्वाचनमा जस्तै चुनाव विजय गराउने अविचलित अभियान सञ्चालन गर्न निर्देशन दिएका हुन् । 

उनले निर्वाचनको महासंग्राम आइसकेकाले रिल्याक्स गरेर बस्ने ठाउँमा नभएको भन्दै अर्जुनदृष्टि परिवर्तनको पक्षलाई बिजयी बनाउन केन्द्री भएर लाग्नुपर्ने बताए ।  विगतका निर्वाचनमा जस्तै यसपाली पनि वाइसीएलले सशक्त भूमिका निर्वाह गर्ने प्रचण्डले विश्वास व्यक्त गरे । 

‘पछिल्लो समयमा संविधानको सकारात्मक विषयहरु मेटिने त होइन, निरंकुशतातर्फ धकेलिने त होइन भन्ने वाईसीएल नेपाल र तपाईं युवाहरूले भूमिका कसरी निर्णायक हुनुपर्छ। चाहे सडकमा होस् वा चुनावमा होस् तपाईंहरूको भूमिका निर्णायक हुनुपर्छ । क्रान्ति, समाजवादी शक्तिलाई विजयी बनाउन एउटा अविचलित अभियान साथ हुने छ भन्ने विश्वास व्यक्त गर्न चाहन्छु,’ प्रचण्डले भने । 

प्रचण्डले बामपन्थीहरुलाई एकतावद्ध गर्न र कम्युनिस्ट आन्दोलनलाई शक्तिशाली बनाई समाजवादको यात्रामा अघि बढ्ने गरी छलफल चलाइरहेको पनि बताए । 

प्रकाशित मिति: १४:५७ बजे, शुक्रबार, भदौ ३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्