Kathmandu Press

हरेक आइतबार एक घन्टा ‘श्रमिकसँग श्रममन्त्री’

काठमाडाैं, भदाै ३ : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले प्रत्येक आइतबार एक घन्टा श्रमिकसँग छलफल गर्ने भएका छन्। मन्त्रालय र मातहतका निकायबाट...
हरेक आइतबार एक घन्टा ‘श्रमिकसँग श्रममन्त्री’

काठमाडाैं, भदाै ३ : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले प्रत्येक आइतबार एक घन्टा श्रमिकसँग छलफल गर्ने भएका छन्। 

मन्त्रालय र मातहतका निकायबाट प्रदान गरिने सेवा सुविधाका सन्दर्भमा जानकारी, उजुरी र गुनासोलगायत विषयमा उनले आइतबार बिहान ११ देखि १२ बजेसम्म श्रमिकसँग साक्षात्कार गर्नुहुने मन्त्रालयले जनाएको छ।

उक्त कार्यक्रमलाई ‘श्रमिकसँग श्रममन्त्री’ नाम दिइएको छ। श्रमिकले पैसा नलाग्ने १११४ नम्बरमा टेलिफोन गरेर श्रममन्त्री कुँवरसँग गुनासो र उजुरी राख्न सक्नेछन्।

त्यस्तै पैसा नलाग्ने टोल फ्री नम्बर १६६००१५००५, ५९७००८ र ९८०१८०००१३ मा फोन गर्न सकिनेछ। मन्त्री कुँवर उपत्यकाबाहिर रहेको समयमा भने कार्यक्रम सञ्चालन नगरिने मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति: १४:२९ बजे, शुक्रबार, भदौ ३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्