Kathmandu Press

नागरिकता विधेयकले राष्ट्रियतालाई बलियो बनाउँछ : गृहमन्त्री

काठमाडौं, भदौ ३ : गृहमन्त्री बालकृष्ण खाणले बिहीबार प्रतिनिधिसभाबाट बहुमतले पारित भएको नागरिकता ऐनको संशोधन विधेयकले राष्ट्रियतालाई बलियो बनाउने बताएका छन्। श्री कृष्ण जन्माष्टमीको अवसरमा...
नागरिकता विधेयकले राष्ट्रियतालाई बलियो बनाउँछ : गृहमन्त्री

काठमाडौं, भदौ ३ : गृहमन्त्री बालकृष्ण खाणले बिहीबार प्रतिनिधिसभाबाट बहुमतले पारित भएको नागरिकता ऐनको संशोधन विधेयकले राष्ट्रियतालाई बलियो बनाउने बताएका छन्। 

श्री कृष्ण जन्माष्टमीको अवसरमा काठमाडौंमा आयोजित चैतन्य झाँकी प्रवचन कार्यक्रममा गृहमन्त्री खाणले नागरिकता नपाएका नेपाली नागरिकता भएका आमाबाबुका नागरिकता पाउन नसकेका छोराछोरीलाई नागरिकता दिलाउन ल्याइएको विधेयकले राष्ट्रियता बलियो बनाउने बताए।

२०७२ सालमा संविधान बनेपछि कानुन बनाउन नसक्दा नागरिकता पाउन नसकिएका युवाहरूलाई नागरिकता दिने उद्देश्यसहित विधेयक ल्याउन लागिएको उनले बताए।

नेपाली नागरिकता भएका बाबुआमाका छोराछोरीलाई नेपाली नागरिकता दिनु पर्ने थियो तर, २०७२ सालमा संविधान जारी भएपछि कानुन बनाउन नसकिएकाले नागरिकता दिन सकिएको थिएन।

'अहिले सरकारले नागरिकता पाउन नसकेका नेपाली बाबुआमाका छोराछोरीलाई नागरिकता दिन विधेयक अगाडि बढाएको हो,' गृहमन्त्री खाणले बताए।

विधेयकमा सबैले साथ दिनुपर्नेमा निर्वाचन नजिकिएकाले केही साथीहरूले विधेयकमा भएका भन्दा पनि नभएका विषय सम्प्रेषण गरेको उनको भनाइ थियो।

प्रकाशित मिति: १३:४६ बजे, शुक्रबार, भदौ ३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्