Kathmandu Press

आगामी निर्वाचनमा एमाले एक्लैले बहुमत ल्याउँछ : ओली

झापा, भदाै ३ : एमाले अध्यक्ष केपी ओलीले आगामी मंसिर ४ हुने आम निर्वाचनमा पार्टीले बहुमत ल्याउने दाबी गरेका छन्।तीन दिनका लागि आज...
आगामी निर्वाचनमा एमाले एक्लैले बहुमत ल्याउँछ : ओली

झापा, भदाै ३ : एमाले अध्यक्ष केपी ओलीले आगामी मंसिर ४ हुने आम निर्वाचनमा पार्टीले बहुमत ल्याउने दाबी गरेका छन्।

तीन दिनका लागि आज (शुक्रबार) गृह जिल्ला झापा आएका अध्यक्ष ओलीले कचनकवल गाउँपालिकास्थित बनियानीमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै जस्तोसुकै साँठगाँठ र गठबन्धन गरे पनि मंसिर ४ को चुनावमा एमाले एक्लैले बहुमत ल्याउने बताएका हुन्। 

अध्यक्ष ओलीले आगामी आम निर्वाचनमा पार्टीले बहुमत ल्याउने गरी परिचालित हुन कार्यकर्तालाई निर्देशन दिए। ‘तपाईंहरू उच्च मनोबलका साथ जनताका घरघर जानुहोस्। जनताको घरघरमा गएर एमाले सरकारले गरेका कामहरूबारे जानकारी गराउनुहोस्,’ उनले, ‘एमालेको लक्ष्य कम्तीमा बहुमत ल्याउने हो।’

सत्ता गठबन्धनमा रहेका दलहरूले एक्लाएक्लै चुनावमा प्रतिस्पर्धा गर्ने हिम्मत नराख्ने बताउँदै उनले अहिलेकाे गठबन्धनले नपुगेर आठ-दस दलको गठबन्धन बनाउने कसरतमा रहेको उनले बताए। 

‘कमजोरहरू गठबन्धन गर्दैछन्। एमालेसँग एक्लै चुनाव लड्ने हिम्मत नभएकाहरू साँठगाँठ गर्दैछन्। अहिले गठबन्धनमा ८–१० वटा पुर्याउने भन्दैछन्,’ उनले भने, ‘अरु पनि मान्छे खोजे हुन्छ। त्यो गठबन्धनमा कति पार्टी पुगे हामीलाई मतलब छैन। त्याे गठबन्धनमा सामेल हुने कतिपय पार्टीसँग आज हाम्रो पार्टीमा प्रवेश गरेका जति पनि मान्छे छैनन्।’

झापाको कचनकवलमा राप्रपा र नेपाली कांग्रेस परित्याग गरी १ हजार ५ सय भन्दा बढी एमालेमा प्रवेश गरेका छन्।

 

 

प्रकाशित मिति: १३:२३ बजे, शुक्रबार, भदौ ३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्