Kathmandu Press

१३ औंँ सागको सम्पूर्ण तयारी पूरा

काठमाडौं,  मंसिर १२ : मंसिर १५ गते औपचारिकरुपमा सुरु हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) को सम्पूर्ण तयारी पूरा भएको छ। 

ब....

१३ औंँ सागको सम्पूर्ण तयारी पूरा

काठमाडौं,  मंसिर १२ : मंसिर १५ गते औपचारिकरुपमा सुरु हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) को सम्पूर्ण तयारी पूरा भएको छ। 

बिहीबार आयोजित पत्रकार सम्मेलनमा युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले मंसिर १५ गते औपचारिकरुपमा उद्घाटन हुने १३ औं सागको सञ्चालन र व्यवस्थापनको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएका हुन्।

मन्त्री विश्वकर्माले भने,‘मंसिर १५ गते साँझ ५ बजे दशरथ रंगशालामा राष्ट्रपतिज्यूले सागको समउद्घाटन गर्नुहुनेछ।’ मन्त्री विश्वकर्माले अहिले देश तथा विदेशबाट सागमा भाग लिन आउने विशिष्ट पाहुना तथा अतिथिहरुलाई स्वागत गर्न आफूहरु व्यग्र प्रतिक्षामा रहेको बताए। 

१३ औं साग अन्तर्राष्ट्रिय महत्वको भएकाले नेपाल र नेपालीहरुको लागि पनि यो प्रतिष्ठा र गौरवको विषय भएको उनको भनाइ छ। साग खेलका केही खेलहरु बुधबारबाटै सुरु भइसकेका छन्। यो पटकको सागमा धेरैभन्दा धेरै पदक जित्नेगरी नेपालले तयारी गरेको उनले बताए। उनले सागको उद्घाटन समारोहलाई भव्य र सभ्य बनाउने गरी सिंगार्ने काम पनि भइरहेको जानकारी दिए।  

सागको समापन यही मंसिर २४ गते हुनेछ। सोही दिन विदेशी पाहुनाहरुलाई विदाइ गरिने कार्यक्रम रहेको उनको भनाइ छ।  सागलाई नेपाल भ्रमण वर्ष–२०२० प्रवर्द्धन  गर्ने रणनीतिक तयारीको रुपमा पनि लिइएको उनले बताए। 

दक्षिण एशियाली राष्ट्र र अन्य देशबाट आउने विदेशी पाहुना, खेलाडी, रेफ्रीहरुलाई नेपालको मौलिक कला, संस्कृतिसँग साक्षात्कार गराइने तयारी रहेको पनि उनले बताए।
 

प्रकाशित मिति: १६:५२ बजे, बिहीबार, मंसिर १२, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्