माओवादीमा पदाधिकारीको टुंगो लागेन, भोलि पुनः बैठक बस्ने
शुक्रबार बिहान ९ बजेदेखि पार्टी केन्द्रीय कार्यालयमा बसेको बैठकले पदाधिकारी चयनमा निर्णय गर्न नसकेपछि स्थगित भएको छ ।
काठमाडौं, भदौ ३ : नेकपा माओवादी केन्द्रले पदाधिकारी चयनका लागि बोलाएको बैठक निष्कर्षविहीन भएको छ । शुक्रबार बिहान ९ बजेदेखि पार्टी केन्द्रीय कार्यालयमा बसेको बैठकले पदाधिकारी चयनमा निर्णय गर्न नसकेपछि स्थगित भएको छ ।
माअोवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले आजको बैठकले पदाधिकारी चयन गर्न असफाल भएको जानकारी दिएका छन् । भोलि दिउँसो १ बजे बस्ने गरी आजको बैठक स्थगित भएको उनले बताए ।
भोलिको बैठकले भने पदाधिकारी र अन्य सांगठनिक संरचनालाई पूर्णता दिने प्रवक्ता महराले बताए ।
प्रकाशित मिति: ११:५३ बजे, शुक्रबार, भदौ ३, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











