माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी
काठमाडौं, भदौ ३ : नेकपा माओवादी केन्द्रको स्थायी कमिटी जारी छ । बिहीबार बस्ने भनिए पनि पटक–पटक सर्दै स्थगित भएको बैठक शुक्रबार बिहान ९...
काठमाडौं, भदौ ३ : नेकपा माओवादी केन्द्रको स्थायी कमिटी जारी छ । बिहीबार बस्ने भनिए पनि पटक–पटक सर्दै स्थगित भएको बैठक शुक्रबार बिहान ९ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरु भएको हो।
आजको बैठकले पदाधिकारीलाई अन्तिम रुप दिने तयारी छ । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बैठकमा पदाधिकारीको नाम प्रस्ताव गर्ने तयारी गरेका छन् ।
अध्यक्ष प्रचण्डले पार्टीको महासचिवमा देव गुरुङलाई अघि सारेका छन् । त्यस्तै नारायणकाजी श्रेष्ठलाई वरिष्ठ उपाध्यक्ष बनाउने सहमति यसअघि नै भइसकेको छ । महासचिवमा दाबी गर्दै आएका जनार्दन शर्मा, वर्षमान पुन लगायतलाई उपमहासचिव बनाउने तयारी गरिएको छ।
अध्यक्षले प्रस्ताव गरेको नाममा सहमति जुटेमा आजै पदाधिकारी र स्थायी कमिटीले पूर्णता पाउने छ।
प्रकाशित मिति: १०:२० बजे, शुक्रबार, भदौ ३, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











