माओवादी केन्द्रको स्थायी समिति बैठक आज, पदाधिकारी टुंगो लगाउने तयारी
बिहीबार बस्ने भनिए पनि पटक–पटक सर्दै स्थगित भएको बैठक आज बस्न लागेको हो । बैठकबाट पदाधिकारीलाई अन्तिम रूप दिने माओवादीले जनाएको छ
काठमाडौं, भदौं ३ : नेकपा (माओवादी केन्द्र) को स्थायी समिति बैठक आज बस्दै छ ।
बिहीबार बस्ने भनिए पनि पटक–पटक सर्दै स्थगित भएको बैठक आज बस्न लागेको हो । बैठक साढे ८ बजे बस्नेछ । बैठकबाट पदाधिकारीलाई अन्तिम रूप दिने माओवादीले जनाएको छ ।
बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पदाधिकारी प्रस्ताव गर्ने गर्ने छन् । आज पार्टीको अपूर्ण कमिटीहरुलाई पूर्णता दिने भएको छ । यसका लागि करिब–करिब पार्टीमा सहमति भइसकेको माओवादी केन्द्रले जनाएको छ ।
पार्टी कार्यालय पेरिसडाँडामा बुधबार बसेको स्थायी कमिटी बैठकले अपूर्ण रहेका केन्द्रीय कमिटी, पोलिटव्यूरो र स्थायी कमिटीमा सदस्यहरू थप्ने विषयमा छलफल भएको थियो ।
प्रकाशित मिति: ०७:२५ बजे, शुक्रबार, भदौ ३, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











