Kathmandu Press

नागरिकता विधेयक अब लम्ब्याउन सकिने अवस्थामा छैन : गृहमन्त्री खाँण

काठमाडाैं, भदाैं २ : गृहमन्त्री बालकृष्ण खाँणले नागरिकता विधेयक अब लम्ब्याउन सक्ने अवस्थामा नरहेकाे बताएका छन। बिहीबार नागरिकता विधेयकमाथि प्रतिनिधिसभामा छलफलका क्रममा उठेको...
नागरिकता विधेयक अब लम्ब्याउन सकिने अवस्थामा छैन : गृहमन्त्री खाँण

काठमाडाैं, भदाैं २ : गृहमन्त्री बालकृष्ण खाँणले नागरिकता विधेयक अब लम्ब्याउन सक्ने अवस्थामा नरहेकाे बताएका छन। बिहीबार नागरिकता विधेयकमाथि प्रतिनिधिसभामा छलफलका क्रममा उठेको प्रश्नको जवाफ दिँदै मन्त्री खाँणले सहमति नजुटे पनि अब पेन्डिङमा राख्न नसकिने बताएका हुन।

उनले भने, ‘अब लम्ब्याउन सक्ने अवस्था छैन। सहमति जुट्न सकेन पेन्डिङमा राखौं भन्दा जे उठिराख्या छ त्यो कुरा रोकिदैन। जसलाई सम्बोधन गर्नुपर्ने हो त्यसलाई (नागरिकता) दिन सकिँदैन’ मन्त्री खाँणले भने। नागरिकता विधेयक रोकिँदा नेपाली नागरिक आमाबाबुको सन्ततिलाई नागरिकता दिन नसकिने मन्त्री खाँणले बताए।

‘थाती राख्दा तिनीहरु झनै प्रताडित हुने भए, तिनको संख्या बढिरहेको छ, उमेर बढिरहेको छ। उनीहरुको उर्जा सकिदै जान्छ’ उनले भने, ‘नागरिकता भएमा उद्योग धन्दा खोल्थे होलान्, कोही विदेश जान्थे होलान्।’

नागरिकता विधेयक रोकिए पनि तत्काल नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई नागरिकतामा ७ वर्षे प्रावधान लागू गर्न नसकिने उनले बताए।

प्रकाशित मिति: १८:२३ बजे, बिहीबार, भदौ २, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्