नेपालीलाई नागरिकताविहीन बनाउने अधिकार राष्ट्रपतिलाई छैन : रिजाल
काठमाडौं, भदौं २ : सत्तारूढ नेपाली कांग्रेसका नेता डा. मीनेन्द्रप्रसाद रिजालले नेपालीलाई नागरिकताविहीन बनाउने अधिकार राष्ट्रपतिलाई समेत नभएको बताएका छन् । बिहीवार प्रतिनिधि सभा...
काठमाडौं, भदौं २ : सत्तारूढ नेपाली कांग्रेसका नेता डा. मीनेन्द्रप्रसाद रिजालले नेपालीलाई नागरिकताविहीन बनाउने अधिकार राष्ट्रपतिलाई समेत नभएको बताएका छन् ।
बिहीवार प्रतिनिधि सभा बैठकमा राष्ट्रपतिले फिर्ता पठाएको नागरिकता विधेयकमाथिको छलफलमा भाग लिँदै उनले जस्तोसुकै सम्मानित पद भए पनि नेपालीलाई नागरिकताविहीन बनाउने अधिकार नभएको बताएका हुन् ।
नागरिकता विधेयक ढुङ्गाको अक्षर नभएको उल्लेख गर्दै नेता रिजालले त्यसलाई तत्काल पारित गरेर लैजानुपर्ने बताए । संसद्को कुनै पनि सदस्यलाई नेपालीलाई नागरिकताविहीन बनाउने अधिकार नभएको पनि उनले स्पष्ट पारे ।
उनले केपी शर्मा ओली नेतृत्वको सरकारले अध्यादेश ल्याउँदा राष्ट्रपतिले फिर्ता गर्न नमिल्ने तर्क गर्ने एमाले सांसदहरूले अहिले आएर विधेयक फिर्ता गर्दा भने उपयुक्त छ भनेर भनेको सुन्दा आफू चकित भएको बताए ।
प्रकाशित मिति: १८:०९ बजे, बिहीबार, भदौ २, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











