Kathmandu Press

कार्यवाहक मुख्य प्रशिक्षक भन्छन्- प्राप्त अवसरलाई राम्रो नतिजाका साथ पूरा गर्नेछु

काठमाडाैं, भदाै २ : नेपाली राष्ट्रिय फुटबल टिमका कार्यवाहक मुख्य प्रशिक्षक प्रदीप हुमागाईले आफूले पाएको अवसरलाई राम्रो नतिजाका साथ पूरा गर्ने बताएका छन्।बिहीबार...
कार्यवाहक मुख्य प्रशिक्षक भन्छन्- प्राप्त अवसरलाई राम्रो नतिजाका साथ पूरा गर्नेछु

काठमाडाैं, भदाै २ : नेपाली राष्ट्रिय फुटबल टिमका कार्यवाहक मुख्य प्रशिक्षक प्रदीप हुमागाईले आफूले पाएको अवसरलाई राम्रो नतिजाका साथ पूरा गर्ने बताएका छन्।

बिहीबार एन्फा कम्प्लेक्स सातदोबाटोमा आयोजित पत्रकार सम्मेलनमा हुमागाईंले आफूलाई क्षमता देखेर नै जिम्मेवारी दिएको कारण आफुले त्यसलाई सदुपयोग गर्ने बताए। हुमागाईले आफ्नो पहिलो प्राथमिकता नेपाली फुटबल नै भएको बताए। १० वर्षदेखि अमेरिकामै प्रशिक्षण दिँदै आएको जानकारी दिँदै जन्मभूमिको सेवाका लागि फर्किएको उनको भनाइ छ।

त्यस्तै उनले आफू नेपाली फुटबलको अहिलेको समस्याबारे बोल्न नचाहेको तर जानकारी पर्याप्त रुपमा राखेको जिकिर गरे। बंगलादेशसंगको खेलका लागि ४० खेलाडी छनोट गर्दा देश बाहिर रहेका खेलाडीसँग आफूले कुरा गरेको उनले जानकारी दिए।

मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीको अनुपस्थितिमा एन्फाले हुमागाईलाई कार्यवाहक मुख्य प्रशिक्षक नियुक्त गरेका थिए। नेपाली टोलीले आगामी असोजमा बंगलादेशविरुद्ध एक मैत्रीपूर्ण खेल खेल्दैछ। मैत्रीपूर्ण खेल असोज ११ गते दशरथ रंगशालामा हुनेछ।

जसका लागि हुमागाईलाई एन्फाले कार्यवाहक मुख्य प्रशिक्षक नियुक्त गरेको हो। पत्रकार सम्मेलनमा एन्फाका प्रवक्ता सुरेश शाहले मुख्य प्रशिक्षक अलमुताईरी स्वास्थ्यको कारण उपस्थित नहुने भएकाले हुमागाईलाई नियुक्त गरिएको जानकारी दिए।

प्रकाशित मिति: १७:२७ बजे, बिहीबार, भदौ २, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्