Kathmandu Press

संविधानलाई गति दिन गठबन्धन अनिवार्य : झाँक्री

काठमाडौं, भदौ २ : नेकपा एकीकृत समाजवादीकी नेत्री रामकुमारी झाँक्रीले संविधानलाई गति दिन गठबन्धन अनिवार्य  रहेकाे बताएकी छन्।नेकपा एमालेबाट विभाजित भएर एकीकृत समाजवादी गठन गरेको...
संविधानलाई गति दिन गठबन्धन अनिवार्य : झाँक्री

काठमाडौं, भदौ २ : नेकपा एकीकृत समाजवादीकी नेत्री रामकुमारी झाँक्रीले संविधानलाई गति दिन गठबन्धन अनिवार्य  रहेकाे बताएकी छन्।

नेकपा एमालेबाट विभाजित भएर एकीकृत समाजवादी गठन गरेको एक वर्ष पुगेको अवसरमा उनले आज (बिहीबार) सामाजिक सञ्जालमार्फत एक सन्देश जारी गर्दै उनले आगामी निर्वाचनमा गठबन्धनमै अगाडि बढ्ने पार्टीकाे संकल्प रहेकाे र  गठबन्धन आजको आवश्यकतासमेत भएकाे बताएकी हुन्। उनले पार्टीलाई पुनर्गठित र पुनर्जागृत गरेर अगाडि बढ्न कार्यकर्तालाई अपिल पनि गरेकी छन्।

'आसन्न निर्वाचन हामी गठबन्धनमै अगाडि बढ्ने हाम्रो संकल्प छ। गठबन्धन आजको आवश्यकता हो। संविधानलाई गति दिन, संविधानलाई सहि मार्गमा चलाउन, आर्थिक एजेन्डालाई प्राथमिकतामा राखी आर्थिक विकास र समृद्धिको बाटोमा मुलुकलाई मार्गदर्शन गर्न, जनभावनाको कदर गर्न गठबन्धन अनिवार्य छ,' उनले फेसबुकमा लेखेकी छन्, 'आजको यो सबै कार्यभार पूरा गर्न एकीकृत समाजवादी पार्टीलाई पुनर्गठित र पुनर्जागृत गरेर अगाडि बढ्नु आजको आवश्यकता हो।'

केही दिनदेखि अध्यक्ष माधवकुमार नेपाल र आफूहरूका बारेमा आएको केही समाचार गलत  भएकाे उनले बताएकी छन्। ‘बजारमा केही दिनदेखि हामीहरूका बारेमा केही भ्रामक समाचाररविचार आएको देख्छु, यो कुरा गलत हो,’ उनले भनेकी छिन्, ‘देशैभरीका हाम्रा सहयोद्धा साथीहरू यस्ता कुनै पनि भ्रममा नपर्न र आफ्नो कार्यक्षेत्रमा सक्रिय हुन समेत अनुरोध गर्न चाहन्छु।’

पढ्नुहाेस् उनकाे सन्देश :

गत वर्ष आजकै दिन मेरो जिन्दगीको एउटा कठिन राजनीतिक निर्णय लिएको दिन हो। मेरा पितासमानका नेता कमरेड माधव कुमार नेपालको हात समातेर निर्वाचन आयोग पुगेको दिन हो। हामीले राजनीतिमा अर्को एउटा मूल्यको राजनीतिको मानक बनाउन चुनौतीपूर्ण अवस्थामा पाइला अगाडि बढाएको दिन हो।

स्वभावैले मैले मेरो निर्णय लिदा दायाँबायाँका मेरा आफ्ना राजनीतिक अभिभावक छाडेर आएको दिन थियो। सामान्यतः म मेरो निर्णय लिन सधैं स्वतन्त्र नै हुन्छु। राजनीतिमा लाग्ने मान्छे अलि बढी स्वतन्त्र नै हुन्छन्। स्वतन्त्रता यानिकी आजादीको त्यही प्यासनले होला जोखिम मोल्न र चुनौतीपूर्ण अवस्थामा निर्णय लिन सक्षम हुन्छन्।

हो, हाम्रो विद्रोह त्यही थियो, संविधानलाई बचाउन, सात दशक लामो संघर्षको उपल्धिको रक्षा गर्न, यो राजनीतिक प्रणालीलाई बचाउन र नेपालको राजनीतिलाई जनचाहनाअनुसार सञ्चालन गर्न।

आज यिनै उपलब्धिको रक्षा गर्ने र विद्रोहको औचित्य पुष्टि गर्ने समय हो। आसन्न निर्वाचन हामी गठबन्धनमै अगाडि बढ्ने हाम्रो संकल्प छ। गठबन्धन आजको आवश्यकता हो। संविधानलाई गति दिन, संविधानलाई सहि मार्गमा चलाउन, आर्थिक एजेन्डालाई प्राथमिकतामा राखि आर्थिक विकास र समृद्धिको बाटोमा मुलुकलाई मार्गदर्शन गर्न, जनभावनाको कदर गर्न गठबन्धन अनिवार्य छ। आजको यो सबै कार्यभार पूरा गर्न नेकपा एकीकृत समाजवादी पार्टीलाई पुनर्गठित र पुनर्जागृत गरेर अगाडि बढ्नु आजको आवश्यकता हो।

बजारमा केही दिनदेखि हामीहरूका बारेमा केही भ्रामक समाचार, विचार आएको देख्छु। यो कुरा गलत हो। देशैभरीका हाम्रा सहयोद्धा साथीहरू यस्ता कुनै पनि भ्रममा नपर्न र आफ्नो कार्यक्षेत्रमा सक्रिय हुन समेत अनुरोध गर्न चाहन्छु।

आज हाम्रो पार्टीको दर्ता गरेको दिन हो। यो अवसरमा सबै कमरेडहरू, साथीहरूप्रति हार्दिक शुभकामना।

प्रकाशित मिति: १७:११ बजे, बिहीबार, भदौ २, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्