थप ५४२ जनामा कोरोना संक्रमण
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार ४ हजार ९३० जनाको नमुना परीक्षण गर्दा ५४२ जनामा संक्रमण पुष्टि भएको हो ।
काठमाडौं, भदौ २ : मुलुकभर गत चौबिस घन्टामा ५४२ कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार ४ हजार ९३० जनाको नमुना परीक्षण गर्दा ५४२ जनामा संक्रमण पुष्टि भएको हो ।
जसमध्ये २०८२ जनामा पीसीआर परीक्षण गर्दा २२४ र २ हजार ८४८ जनामा एन्टीजेन परीक्षण गर्दा ३१८ जनामा संक्रमण देखिएको हो ।
सोही अवधिमा ४२१ जना संक्रमणमुक्त भएका छन् । बिहीबार कोरोनाबाट ज्यान गुमाउनेको संख्या भने शून्य रहेको छ।
योसँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआरतर्फ ९ लाख ९४ हजार ६१३ र एन्टीजेनतर्फ १ लाख ४८ हजार ४६१ पुगेको छ । तीमध्ये ९ लाख ७७ हजार ३५८ जना संक्रमणमुक्त भएका छन् ।
मन्त्रलयका अनुसार हालसम्म ११ हजार ९९० संक्रमितको मृत्यु भएको छ । बिहीबारसम्म देशभर ५ हजार २६५ सक्रिय संक्रमित रहेका छन् ।
प्रकाशित मिति: १६:१४ बजे, बिहीबार, भदौ २, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











