Kathmandu Press

संसदमा धेरै दिन गयल हुने सांसदहरु को–को हुन्? 

काठमाडौं, भदौ २ : प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले संसदमा सबैभन्दा बढी समय गयल हुने सांसदहरुको नाम सार्वजनिक गरेका छन् । बिहीबारको प्रतिनिधि सभामा सभामुख...
संसदमा धेरै दिन गयल हुने सांसदहरु को–को हुन्? 

काठमाडौं, भदौ २ : प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले संसदमा सबैभन्दा बढी समय गयल हुने सांसदहरुको नाम सार्वजनिक गरेका छन् । बिहीबारको प्रतिनिधि सभामा सभामुख सापकोटाले विभिन्न कारण देखाई संसद बैठकमा अनुपस्थित हुने सांसदहरुको नाम सार्वजनिक गरेका हुन्। 

धेरै गयल हुने सांसदहरुमा भिमसेनदास प्रधान, प्रदीप गिरी, तुल्सी थापा, गंगा चौधरी, धर्मशिला चापागाईं, रघुविर महासेठ, जुली कुमारी महतो, शान्ता चौधरी, कर्मा घले छन्।

यसैगरी सुरेश चन्द्र दास, शिवकुमार मण्डल, निर्जला राउत, नवराज रावत र विनोद कुमार चौधरी, नागेन्द्र कुमार पनि धेरै गयल हुने सांसदहरुको सूचीमा परेका छन्।

सबैभन्दा लामो समय विदा बस्‍ने सांसद नवराज रावत छन् । उनी साउन ३ गतेदेखि भदौ २२ गतेसम्‍म विदामा छन् । संसद सचिवालयले सार्वजनिक गरेको विवरण अनुसार उनी निजी कामका लागि अमेरिका भ्रमणमा छन्।


 

प्रकाशित मिति: १५:१७ बजे, बिहीबार, भदौ २, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्