Kathmandu Press

एकीकृत समाजवादीले भदौ २० सम्म उम्मेदवार टुंग्याउने, यस्ता छन् ७ मापदण्ड

काठमाडौं, भदौ २ : नेकपा एकीकृत समाजवादीले मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि भदौ २० गतेभित्र  उम्मेदवारको टुंगो लगाइसक्ने भएको...
एकीकृत समाजवादीले भदौ २० सम्म उम्मेदवार टुंग्याउने, यस्ता छन् ७ मापदण्ड
फाइल तस्बिर

काठमाडौं, भदौ २ : नेकपा एकीकृत समाजवादीले मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि भदौ २० गतेभित्र  उम्मेदवारको टुंगो लगाइसक्ने भएको छ । बुधबार बसेको केन्द्रीय सचिवालय बैठकले भदौ २० भित्र उम्मेदवार छनोट गरिसक्ने निर्णय गरेको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिएका छन् । 

बैठकले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन क्षेत्रको समन्वय कमिटीले १० भदौभित्र जिल्ला कमिटीमा उम्मेदवारको नाम सिफारिस गरिसक्ने कार्यतालिका बनाएको छ।

त्यस्तै १२ भदौभित्र जिल्ला कमिटीले प्रदेश कमिटीमा नाम सिफारिस गरिसक्ने, १५ भदौभित्र केन्द्रीय कमिटीमा नाम सिफारिस गर्ने र २० भदौभित्र केन्द्रीय कमिटीले निर्णय गरिसक्ने एकीकृत समाजवादीको कार्यतालिका छ।

उम्मेदवार छनोटका लागि एकीकृत समाजवादीले ७ वटा मापदण्ड बनाएको छ । पार्टीको नीति र कार्यदिशाप्रति प्रतिवद्ध रहेको, विद्रोहमा सक्रिय भूमिका खेलेको र जनतामा स्थापित र लोकप्रिय व्यक्तिहरुलाई उम्मेदवारमा प्राथमिकता दिइने सचिवालय बैठकले निर्णय गरेको छ।

यस्ता छन् ७ मापदण्ड 

१. पार्टीको कार्यदिशा, नीति र कार्यक्रमप्रति प्रतिवद्ध रहेको ।

२. विद्रोहमा सक्रिय भूमिका खेलेका र पार्टी निर्माणमा योगदान गरेको ।

३. पार्टी र क्रान्तिप्रतिको निष्ठा र अनुशासनमा दृढ ।

४. आर्थिक एवं नैतिक आचरण राम्रो रहेको ।

५. जनतामा स्थापित र लोकप्रिय ।

६.  स्वच्छ छवि भएको र सुशासनको पक्षपाती ।

७. कार्यक्षमता राम्रो भएको र सक्रिय ।  

प्रकाशित मिति: १५:०४ बजे, बिहीबार, भदौ २, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्