Kathmandu Press

नागिरकता विधेयकबारे छलफल हुन नदिनु लोकतान्त्रिक अभ्यास हाेइन : रावल

काठमाडौं, भदौ २ : नेकपा एमालेका सांसद  भीम रावलले नागिरकता विधेयकबारे छलफल हुन नदिनु लोकतान्त्रिक अभ्यास नभएकाे बताएका छन्।प्रतिनिधिसभाको बिहीबारको बैठकमा राष्ट्रपतिबाट सन्देशसहित फर्तिा गरिएको...
नागिरकता विधेयकबारे छलफल हुन नदिनु लोकतान्त्रिक अभ्यास हाेइन : रावल

काठमाडौं, भदौ २ : नेकपा एमालेका सांसद  भीम रावलले नागिरकता विधेयकबारे छलफल हुन नदिनु लोकतान्त्रिक अभ्यास नभएकाे बताएका छन्।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा राष्ट्रपतिबाट सन्देशसहित फर्तिा गरिएको नागरिकता विधेयकमाथिको छलफलमा भाग लिँदै उनले विगतमा संविधान जारी गर्ने बेलामा नागिरकताका विवादित विषयमा विभिन्न सहमति गर्नेहरू नै त्यसबाट पछि हटेको र संसद तथा संसदीय समितिमा छलफल नै हुन नदिएकाे आरोप उनले लगाए।

बालुवाटारमा हुने छलफल संसदभन्दा माथि हुन नसक्ने बताउँदै उनले राष्ट्रियतासँग जाेिडएकाे संवेदनशील विषयमा त्यसो गर्न नमिल्ने उनले बताए।  

कतिपयले नागरिकता बाबुआमा भएकालाई नदिने गर्‍यो भनेर चलाइएको हल्ला बेकार भएको उनले बताए। अनुहार, रङ केही नहेरी वास्तविक नेपालीको नागरिकता नदिने नभनिएको स्पष्ट पार्दै उनले भने, ‘नेपालमा विदेशी नागरिक हुलेर नेपालको अस्तित्व समाप्त गर्ने कुरा देशभक्त नेपालीलाई किमार्थ मान्य हुँदैन, यसका विरुद्धमा देशभक्त नेपालीले आवाज उठाउनुपर्छ।'

बाेल्न सुरू गर्दा उनले एउटा कविता पनि सुनाए ः

देशको हालत के भन्नु यहाँ गोलमाल र बेहाल छ
नागिरकता जस्तो सस्तो सारै स्वाधीनता दाउमा छ

राष्ट्रपतिले नागिरकता विधेयक संसदमा फिर्ता पठाउनु उचित मात्रै नभई त्यसो गर्नु उनको कर्तव्यसमेत भएकाे बताए। नागिरकता कसकसले पाएनन् भनेर छानिबन गर्नुपर्नेमा उनले जाेड दिए। 'नागरिकता नपाउने को हुन्? कतिले पाएका छैनन्? कतिले गैरकानुनी किसिमले पाएका छन्? यी प्रश्नमा केन्द्रित रहेर छानबिन गरेपछि मात्र यथार्थता थाहा पाइन्छ,' उनले भने। 

भारत, बंगलादेश, भुटान, माल्दिभ्सलगायत संसारका विभिन्न देशमा झैं नेपाली नागरिकसँग विवाह गर्ने विदेशी महिलाले राजनीतिकबाहेकका अधिकार स्थायी आवासीय पत्र प्राप्त गर्ने र सात वर्षपछि अंगीकृत नागरिकता पाउने भन्ने कुरा गलत नभएको उनले स्पष्ट पारे। त्यसलाई गलत भन्ने तर्क जनसंख्याको राजनीतिबाट चिरकाल नेपालको राजनीतिक अस्तित्वलाई धरापमा पार्ने मनशायबाट प्रेरित रहेको उनले बताए।

‘वास्तविक नेपालीले नागरिकता पाउने, विदेशीका लागि ढोका खुलै नराख्ने विषय नेपालको राष्ट्रिय हितमा छैन र? नागरिकताजस्तो संवेदनशील विषय भएकाले धेरै सांसदले संशोधन हाल्नुभो, राष्ट्रपतिले पुनर्विचार गर्न पठाउनुभयो, संसदीय समितिमा छलफल गर्न पनि तयार नहुने अवस्था नै हो त लोकतन्त्रिक अभ्यास? यही हो त राष्ट्रियताप्रतिकाे संवेदनशीलता?' उनले भने।

प्रकाशित मिति: १४:१९ बजे, बिहीबार, भदौ २, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्