Kathmandu Press

राष्ट्रपतिले पठाएको सन्देश निबन्ध जस्तो : हृदयेश त्रिपाठी 

काठमाडौं, भदौ २ : प्रतिनिधि सभा सदस्य हृदयेश त्रिपाठीले नागरिकता विधेयक फिर्ता गर्दा राष्ट्रपतिले पठाएको सन्देश निवन्ध मात्रै रहेको बताएका छन् ।राष्ट्रपतिले सन्देशसहित फिर्ता...
राष्ट्रपतिले पठाएको सन्देश निबन्ध जस्तो : हृदयेश त्रिपाठी 

काठमाडौं, भदौ २ : प्रतिनिधि सभा सदस्य हृदयेश त्रिपाठीले नागरिकता विधेयक फिर्ता गर्दा राष्ट्रपतिले पठाएको सन्देश निवन्ध मात्रै रहेको बताएका छन् ।

राष्ट्रपतिले सन्देशसहित फिर्ता गरेको नागरिकता विधेयकमाथि बिहीबार संसदमा भएको छलफलमा भाग लिँदै त्रिपाठीले सन्देशमा विधेयकको कुनचाहीँ बुँदा र दफा संविधान विपरित छ भन्ने कुरा उल्लेख नगरिएका कारण निबन्धजस्तो रहेको बताएका हुन् । 

‘संविधान अनुसार यो विधेयक यहाँ अमान्य छ भन्ने पाएको भए एक ढंगले छलफल अगाडि बढ्थ्यो होला । त्यो नपाएको हुनाले बढी निबन्ध जस्तो लाग्यो ,’ उनले भने । 

सांसद त्रिपाठीले राष्ट्रिय सहमति गाजरको बाँसुरी मात्र भएको बताए । ‘२०४८ सालदेखि देख्दैछु, यो गाजरको बाँसुरी हो । मन लगेको बेला बजाइदियो, मन लागेको बेला खाइदियो,’ उनले भने । 

प्रकाशित मिति: १४:०७ बजे, बिहीबार, भदौ २, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्