नागरिकता विधेयक खारेजकाे माग गर्दै नेमिकपाकाे विरोध प्रदर्शन
काठमाडाैं, भदाै २ : नागरिकता विधेयक देशघाती भएकाले खारेज गर्नुपर्ने भन्दै नेपाल मजदुर किसान पार्टी (नेमिकपा) ले काठमाडौंमा विरोध प्रदर्शन गरेको छ।राष्ट्रपतिबाट फिर्ता...
काठमाडाैं, भदाै २ : नागरिकता विधेयक देशघाती भएकाले खारेज गर्नुपर्ने भन्दै नेपाल मजदुर किसान पार्टी (नेमिकपा) ले काठमाडौंमा विरोध प्रदर्शन गरेको छ।
राष्ट्रपतिबाट फिर्ता भएको नागरिकता विधेयक पुनः अघि बढाउन लागेको र उक्त बिधेयक मुलुकको हितमा नरहेको भन्दै नेमकिपाले बिहीबार काठमाडौंको नयाँ बानेश्वरमा प्रदर्शन गरेको हो।
प्रदर्शनमा सहभागीहरुले 'देशघाती नागरिकता विधेयक खारेज गर', ‘अमेरिकी साम्राज्यवाद मुर्दावाद’, 'भारतीय विस्तारवाद मुर्दावाद' लगायत विभिन्न नारा लगाएका थिए।
नेमकिपाले नागरिकता विधेयकमा पुनः छलफल गरी देशको हितमा सहमतिका साथ अघि बढाउनुपर्ने माग अघि सारेको छ।




प्रकाशित मिति: १३:३६ बजे, बिहीबार, भदौ २, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











