Kathmandu Press

नागरिकता विधेयकलाई राजनीतिक दल र निर्वाचनसँग नजोडौं : कांग्रेस 

कांग्रेस संसदीय दलका सचेतक मीनबहादुर विश्वकर्माले लाखौं नागरिकताविहीनहरुले नागरिकता पाउने विषयलाई राजनीतिसँग नजोड्न आग्रह गरेका हुन्। 
नागरिकता विधेयकलाई राजनीतिक दल र निर्वाचनसँग नजोडौं : कांग्रेस 

काठमाडौं, भदौ २ : नेपाली कांग्रेसले नागरिकता विधेयकलाई राजनीति, राजनीतिक दल र निर्वाचनसँग नजोड्न आग्रह गरेको छ। 

प्रतिनिधि सभामा बिहीबार पुनः पेश गरिएको नागरिकता विधेयकमाथिको छलफलमा भाग लिँदै कांग्रेस संसदीय दलका सचेतक मीनबहादुर विश्वकर्माले लाखौं नागरिकताविहीनहरुले नागरिकता पाउने विषयलाई राजनीतिसँग नजोड्न आग्रह गरेका हुन्। 

उनले सहमतिका आधारमा नागरिकता विधेयकलाई पास गर्न सबै दलका सांसदहरुलाई अपिल  समेत गरे । नागरिकताविहीनहरुलाई नागरिकता दिने विषय लामो समयदेखि टुंगो नलाग्दा नागरिकहरुले सास्ती खेप्नुपरेको उनले बताए । यसमा कसैले कसैलाई दोषारोपण गर्नुभन्दा संसदमा पेस भएको नागरिकता विधेयक सर्वसम्मतले पास गरी कार्यान्वयनको प्रक्रियामा पठाउन जोड दिए । 

‘हिजो हामीले बोलेको कुरा संसदको नजिर हुने भएका कारण हिजो के बोल्यौं त्यो कुरालाई ख्याल ग¥यौं भने सर्वसम्मत पास हुन्छ । बिलम्ब गर्नु जरुरी छैन,’ उनले भने। उनले ०७९ मा ल्याइएको अध्यादेशलाई नै अहिले विधेयकका रुपमा ल्याइएको हुँदा आफैमा राष्ट्रिय सहमति देखिने बताए । 

विश्वकर्माले राष्ट्रपतिबाट बिलम्व गरी विधेयक फिर्ता भएको कुरालाई नकारात्मक रुपमा लिन नहुने पनि बताए । अब पुनः छलफल गरी पारित गर्नुपर्नेमा उनले जोड दिए।  

प्रकाशित मिति: १३:०७ बजे, बिहीबार, भदौ २, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्