Kathmandu Press

१३ औं सागको उद्घाटन राष्ट्रपतिले गर्ने

काठमाडौं, मंसिर १२ : राष्ट्रपति विद्यादेवी भण्डारीले १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)को उद्घाटन गर्ने भएकी छन्।

बिहीबार सञ्चारक....

 १३ औं सागको उद्घाटन राष्ट्रपतिले गर्ने

काठमाडौं, मंसिर १२ : राष्ट्रपति विद्यादेवी भण्डारीले १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)को उद्घाटन गर्ने भएकी छन्।

बिहीबार सञ्चारकर्मीसँग कुराकानी गर्दै युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले आइतबार साँझ ५ बजे राष्ट्रपति भण्डारले सागको उद्घाटन गर्ने कार्यक्रम रहेको जानकारी दिए। उद्घाटन समारोहमा देशविदेशका विशिष्ट व्यक्तिको सहभागिता रहने उनले बताए।  १३ औं साग आइतबारदेखि सुरू हुँदै छ। भलिबलका खेल भने बुधबारदेखि नै सुरू भइसकेका छन्।

 मन्त्री विश्वकर्माले सागको सबै तयारी पूरा भएको बताए। साग अवधिभर खेलाडी र व्यवस्थापकको विशेष सुरक्षा व्यवस्थाको प्रबन्ध गरिएको उनले बताए।

उद्घाटन कार्यक्रममा कलाकारले नेपालको कला, संस्कृति झल्किने विभिन्न झाँकी प्रस्तुत गर्ने भएका छन्। 

 

प्रकाशित मिति: १४:२२ बजे, बिहीबार, मंसिर १२, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्