बालुवाटारमा सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक जारी
सिट बाँडफाँट कार्यदललाई साउन अन्तिमसम्म सिट बाँडफाँट टुंगो लगाउन भनिएको थियो । तर, कार्यदललाई समेत सकस देखिएपछि गठबन्धनका शीर्ष नेताहरु छलफलमा जुटेका हुन् ।
काठमाडौं, भदौ २ : सत्तारुढ गठबन्धन दलका शीर्ष नेताहरुको बैठक जारी छ । बालुवाटारमा बिहान १० बजेपछि बैठक सुरु भएको हो ।
बैठकमा प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा सिट बाँडफाँटबारे छलफल भइरहेको बताइएको छ ।
सिट बाँडफाँट कार्यदललाई साउन अन्तिमसम्म सिट बाँडफाँट टुंगो लगाउन भनिएको थियो । तर, कार्यदललाई समेत सकस देखिएपछि गठबन्धनका शीर्ष नेताहरु छलफलमा जुटेका हुन् ।
गठबन्धनले भदौको पहिलो साताभित्र सिट बाँडफाँटको टुंगो लगाइसक्ने भनेको थियो । तर,कार्यदलमा बाँडफाँटको मोडालिटीमा सहमति जुट्न नसक्दा प्रतिवेदन तयार पार्न सकेको छैन।
आजको बैठकमा सिट बाँडफाँटलगायत अन्य समसामयिक राजनीतिक विषयमा पनि छलफल हुने बताइएको छ।
प्रकाशित मिति: ११:०० बजे, बिहीबार, भदौ २, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार