Kathmandu Press

माओवादी केन्द्रको स्थायी कमिटी बैठक सर्‍याे

माओवादी केन्द्रको स्थायी कमिटी बैठक सर्‍याे

काठमाडौं, भदौ २ : नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सरेको छ । आज बिहान ९ बजेका लागि बोलाइएको बैठक अपराह्न ४ बजेका लागि सारिएको हो ।

बिहान सत्तारुढ गठबन्धन दलका शीर्ष नेताहरुको बैठक बस्ने भएकाले स्थायी कमिटी बैठक सारिएको माओवादी नेताहरुले बताएका छन् । आजको बैठकले पदाधिकारीको टुंगो लगाउने माओवादी प्रवक्ता कृष्णबहादुर महराले बताए।

बुधबार बसेको स्थायी समिति बैठकले पदाधिकारीबारे छलफल गरेको थियो। बैठकले पदाधिकारीको सूची प्रस्ताव गर्न अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई जिम्मेवारी दिएको थियो।

आजको बैठकमा अध्यक्ष प्रचण्डले पदाधिकारीको सूची प्रस्ताव गर्ने भएका छन्। त्यसमाथि छलफल हुने र आजै टुंगो लगाइने प्रवक्ता महराले बताए।

यससँगै स्थायी समिति, पोलिटब्यूरो र केन्द्रीय समितिमा पनि सदस्य थपिने भएको छन्। त्यसको पनि आजको स्थायी समिति बैठकले टुंगो लगाउने भएको छ।

प्रकाशित मिति: १०:३८ बजे, बिहीबार, भदौ २, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्