Kathmandu Press

कम्युनिस्ट आन्दोलमा ध्रुविकरण र एकीकरणको प्रक्रिया सुरु भएको छ : प्रचण्ड

काठमाडौं, भदौ २ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिस्ट आन्दोलनमा नयाँ ढंगको ध्रुविकरण र एकीकरणको क्रम सुरु  भएको बताएका छन् । रामवृक्ष...
कम्युनिस्ट आन्दोलमा ध्रुविकरण र एकीकरणको प्रक्रिया सुरु भएको छ : प्रचण्ड

काठमाडौं, भदौ २ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिस्ट आन्दोलनमा नयाँ ढंगको ध्रुविकरण र एकीकरणको क्रम सुरु  भएको बताएका छन् । 

रामवृक्ष यादवको स्मृति दिवसको अवसरमा पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले पुरानै तरिकाले मात्रै अगाडि बढेर अबको क्रान्ति र राष्ट्रको आवश्यकता पुरा नहुने बताए । त्यसकारण कम्युनिस्ट आन्दोलनलाई ध्रुविकृत र एकीकृत गर्न आफू सक्रिय रहेको उनले बताए । 
 
उनले डा बाबुराम भट्टराई र बामदेव गौतमले माओवादी केन्द्रको चिह्न लिएर चुनाव लड्ने निर्णयको प्रशंसासमेत गरेका छन् । ‘तर यतिले मात्रै पुग्दैन,’ उनले भने, ‘अझ धेरै वामपन्थी, प्रगतिशिल, देशभक्त शक्तिहरुलाई एकताबद्ध गर्ने र देशमा समाजवादको आधार निर्माण गर्दै लैजाने उद्देश्य पूरा गर्न हामीले अझ धेरै मिहिनेत गर्नुपर्ने छ ।’ 

प्रचण्डले माओवादीमा क्रान्तिकारी  स्पिरिट कमजोर हुँदै गएको बताए । , ‘सबैले सोचौं, भनाइ र गराईलाई एकरुपतामा ल्याउने, सिद्धान्त र व्यवहारलाई एक ठाउँमा ल्याएर फेरि एउटा आन्दोलन सुरु गर्ने तिर हामी सबैको बुद्धि विवेक, बर्कत लागोस्,’ उनले भने  । 

 

प्रकाशित मिति: १०:३२ बजे, बिहीबार, भदौ २, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्