Kathmandu Press

एनआरएनए राष्ट्रिय कराते च्याम्पियनसिप हुने

एनआरएनए राष्ट्रिय कराते च्याम्पियनसिप हुने

काठमाडौं, भदौं १ : प्रथम एनआरएनए राष्ट्रिय कराते च्याम्पियनसिप आयोजना हुने भएको छ। एनआरएनए स्पोर्टस् एकेडेमीले आयोजना गर्न लागेको प्रतियोगिता सातदोबाटो स्थित कराते हलमा भदौ २४ र २५ गते हुने छ। 

प्रतियोगितामा प्रतियोगितामा पुरुष तर्फ ५० केजी, ५५ केजी, ६० केजी, ६७ केजी, ८४ केजी र ८४ केजी माथि तौल समूह तथा महिला तर्फ ४५ केजी, ५० केजी, ५५ केजी, ६१ केजी, ६८ केजी र ६८ केजी माथि तौल समूहमा प्रतिस्पर्धा हुने मूल आयोजक कमिटीमा हिमाल गुरुङले जानकारी दिए। 

यस्तै, महिला तथा पुरुष एकल काता, टिम काता र टिम कुमुतेमा पनि प्रतिस्पर्धा हुने गुरुङले जनाए। गुरुङका अनुसार प्रतियोगितामा सात प्रदेश, तीन विभागीय टिम र एनआरएनए गरी ११ टिमका ३१० खेलाडी सहभागी हुनेछन्। 

प्रत्येक तौल समूहका विजेताले १५ हजार, द्वितीयलाई १० हजार, तीतृय हुने २ जनालाई जनही ५ हजार रुपैयाँ पुरस्कार दिइने गुरुङले बताए । प्रतियोगितालाई नेपाल इन्भेस्टमेन्ट बैंक, हिमालयन बैंक र मेघा बैंकको साथ छ । 

नेपाली खेलकुदको विकासमा हरेक क्षेत्रबाट सहयोग पुर्‍याउने र विदेदेशी रहेका नेपाली युवा खेलाडीलाई खेलकुदको माध्यमबाट आफनो क्षमता प्रदर्शनको अवसर दिने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ।

प्रकाशित मिति: २०:४३ बजे, बुधबार, भदौ १, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्