५ घण्टामा सकियो फोहोरको अवरोध हटाउन बसेको बैठक, के-के भयो सहमति ?
उपत्यकाको फोहोर व्यवस्थापन गर्न तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू र जनप्रतिनिधिहरूको बैठक सकिएको छ।
काठमाडौं, भदौं १ : उपत्यकाको फोहोर व्यवस्थापन गर्न तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू र जनप्रतिनिधिहरूको बैठक सकिएको छ।
आज दिउँसो २ बजे ककनीमा सुरु भएको उक्त बैठक साँझ ७ बजे सकिएको हो। बैठकमा फोहोर बोक्ने गाडीले बाटोमा लिचेड चुहाउन नपाउने, बञ्चरेडाँडामा फोहोर थुपारेको ठाउँमा गन्ध नआउने औषधि दैनिक छर्किनुपर्ने, जथाभावी फोहोर खसाल्न नपाइने र गत २६ जेठमा भएको सहमति कार्यान्वयन गर्दै जाने सहमति पछि फोहोरको अवरोध अन्त्य गर्ने सहमति भएको बताईएको छ ।
छलफलमा धुनिवेशी नगरपालिकाका मेयर बालकृष्ण आचार्य, नुवाकोटका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसाल र धादिङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्साल, ककनी गाउँपालिकाका अध्यक्ष सुमन तामाङ, काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्याल, धुनवेशी नगरपालिका र ककनी गाउँपालिकाका सम्बन्धित वडाका वडाध्यक्ष र स्थानीय नेता सहभागी रहेका थिए ।
उपत्यकाको फोहोरको समस्यालाई लिएर बसेको उक्त बैठकमा काठमाडौंका मेयर बालेन भने उपस्थित थिएनन्।











