Kathmandu Press

दार्चुला दुर्घटनाबारे गृहमन्त्रीको चासो, स्रोत र साधन नपुगेमा खबर गर्न निर्देशन

काठमाडौं, भदौं १ : गृहमन्त्री बालकृष्ण खाणले दार्चुलाको शैल्यशिखर नगरपालिका–६ उल्लानीमा यात्रुवाहक जीप दुर्घटना हुँदा घाइते भएकाहरूको यथाशीघ्र उपचारको व्यवस्था मिलाउन र जिल्लामा...
दार्चुला दुर्घटनाबारे गृहमन्त्रीको चासो, स्रोत र साधन नपुगेमा खबर गर्न निर्देशन

काठमाडौं, भदौं १ : गृहमन्त्री बालकृष्ण खाणले दार्चुलाको शैल्यशिखर नगरपालिका–६ उल्लानीमा यात्रुवाहक जीप दुर्घटना हुँदा घाइते भएकाहरूको यथाशीघ्र उपचारको व्यवस्था मिलाउन र जिल्लामा रहेको स्रोत र साधनले नपुगेमा मन्त्रालयमा खबर गर्न निर्देशन दिएका छन् ।

गृह प्रशासन र दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्याय तथा सुरक्षा निकायका प्रमुखहरूलाई टेलिफोन गरी घाइतेको उपचारमा कमी हुन नदिन निर्देशन दिएका हुन् । गोकुलेश्वरबाट सदरमुकाम खलंगा जाँदै गरेको से १ ज ५५१ नम्बरको जीप दुर्धटना हुँदा चार पुरुष र एक महिला गरी ५ जनाको घटनास्थलमै मृत्यु भएको प्रजिअ उपाध्यायले जानकारी दिए ।

दुर्घटनामा नौ जना घाइते भएका र तीमध्य तीन जनाको स्वास्थ्यअवस्था गम्भीर भएको प्रजिअ उपाध्यायले बताए । घाइतले सबैलाई उद्धार गरी गोकुलेश्वर अस्पतालमा पुर्‍याइएको छ ।

गम्भीर घाइतेलाई थप उपचारका लागि बाहिर लैजान हेलिकोप्टरको आवश्यकता पर्ने भएमा मन्त्रालयमा जानकारी गराउन पनि गृहमन्त्री खाणले प्रजिअ उपाध्यायलाई भनेका हुन् । 

प्रकाशित मिति: १९:४४ बजे, बुधबार, भदौ १, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्