Kathmandu Press

प्रियंका र आयुष्मानको रोमान्टिक तस्बीर भाइरल

काठमाडौं, मंसिर १२ : नायिका प्रियंका कार्की र आयुष्मान देशराज जोशीसँग रोमान्टिक तस्बीर भाइरल भएको छ।

प्रियंका अभियनसँगै निजी जीवनका विषयलाई ....

प्रियंका र आयुष्मानको रोमान्टिक तस्बीर भाइरल
प्रिय‌ंकाकाे इन्स्टाग्रामबाट

काठमाडौं, मंसिर १२ : नायिका प्रियंका कार्की र आयुष्मान देशराज जोशीसँग रोमान्टिक तस्बीर भाइरल भएको छ।

प्रियंका अभियनसँगै निजी जीवनका विषयलाई पनि सामाजिक संजालमा ल्याउने गरेकी छन्। यस्तैमा उनले आयुष्मानलाई चुम्बन गरेको तस्बीर इन्स्टाग्राममा राखेकी हुन्।

इन्डोनेसियाको बालीमा खिचिएको प्रियंकाको नयाँ तस्बीर इन्स्टाग्राममा राखेसँगै भाइरल भएको हो। उनले पिङमा बसेर चुम्बन गरिरहेको तस्बीर पोस्ट गरेकी हुन्। तस्बीरमा लेखेकी छन्, ‘माइ टुडे एन्ड अल माई टुमरो।’

उनको तस्बीरमा थुप्रै प्रतिक्रिया आएका छन्। उनका फ्यानले भनेका छन् ‘संधैभर यस्तै सम्बन्ध रहिरहोस्। ’

प्रियंका र आयुष्मानले केही महिना अघि इन्गेजमेन्ट गरेका थिए। अहिले यो जोडी घुममाघ छ।

प्रकाशित मिति: १२:३३ बजे, बिहीबार, मंसिर १२, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्