Kathmandu Press

फोहर विसर्जनमा पार्टीको तर्फबाट अवरोध नगर्न कांग्रेस महामन्त्रीको आग्रह 

काठमाडौं, भदौं १ : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले काठमाण्डौ उपत्यकाको फोहर विसर्जनमा पार्टीको तर्फबाट अवरोध नगर्न आग्रह गरेका छन् ।केही दिनयता सिसडोल...
फोहर विसर्जनमा पार्टीको तर्फबाट अवरोध नगर्न कांग्रेस महामन्त्रीको आग्रह 

काठमाडौं, भदौं १ : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले काठमाण्डौ उपत्यकाको फोहर विसर्जनमा पार्टीको तर्फबाट अवरोध नगर्न आग्रह गरेका छन् ।

केही दिनयता सिसडोल र बञ्चरेडाँडा ल्यान्डफिल्ड साइटमा फोहर विसर्जनका क्रममा अवरोध भइरहेको भन्दै उनले यस विषयमा हल खोज्न मद्दत गर्न आग्रह गरेका हुन् । उनले भनेका छन्, ‘नेपाली कांग्रेस पार्टीको तर्फबाट पालिकाको नेतृत्वलाई कोही पनि साथी अवरोधमा संलग्न नहुन भनिसकिएको छ ।

पार्टीको जिम्मेवार पदाधिकारीको नाताले पुनः खुला आह्वान गर्न चाहन्छु, पार्टीको कुनै पनि तहको कोही पनि साथी अवरोधमा संलग्न नहुनुहोस्, समाधानका लागि सक्रिय हुनुहोस् । अन्य राजनीतिक दलका स्थानीय नेता र कार्यकर्तालाई पनि आग्रह छ, अवरोध होइन यो विषयमा हल खोज्न मद्दत गर्नुहोस् ।’

काठमाडौं फोहरले अस्तव्यस्त भएको र यही अवस्था अझ केही दिन रहेमा महामारी फैलन सक्ने सम्भावना रहेको भन्दै नेता थापाले सचेत पनि गराएका छन् । 

प्रकाशित मिति: १९:१० बजे, बुधबार, भदौ १, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्