Kathmandu Press

हालसम्म ५४ जनामा हैजा संक्रमण पुष्टि

काठमाडाैं, भदाैं १ : काठमाडाैं उपत्यकासहित आसपासका जिल्लामा हालसम्म ५४ जनमा हैजा राेग संक्रमण पुष्टि भएकाे छ। असार २ गते काठमाडाैंकाे बागबजारमा बस्दै...
हालसम्म ५४ जनामा हैजा संक्रमण पुष्टि

काठमाडाैं, भदाैं १ : काठमाडाैं उपत्यकासहित आसपासका जिल्लामा हालसम्म ५४ जनमा हैजा राेग संक्रमण पुष्टि भएकाे छ। असार २ गते काठमाडाैंकाे बागबजारमा बस्दै आएका २ जना किशाेरीमा संक्रमण पुष्टि भएकाे हैजा राेग भदाैं १ गतेसम्ममा ५४ जनामा फैलिएकाे छ।

हैजा कहाँबाट फैलियाे भनि स्राेत पत्ता नलागेपछि सरकारले उपत्यकामा फैलिएको हैजा संक्रमणको कारणबारे विस्तृत अनुसन्धान थाल्ने भएकाे छ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा र नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले यस बिषयमा अनुसन्धान अघि बढाएको हाे।

इडीसीडीका अनुसार काठमाडौं भक्तपुर, ललितपुर, नुवाकोट र धादिङमा गरी यस वर्ष हैजा संक्रमितको संख्या ५४ जनामा देखिएको र हाल तीन जनाको अस्पतालमा उपचार भइरहेको छ।

काठमाडौंका कागेश्वरी मनोहरा, गोकर्णेश्वर, चन्द्रागिरि, नागार्जुन, बुढानीलकण्ठ र कीर्तिपुर नगरपालिकामा हैजा देखिएको छ। ललितपुरका महालक्ष्मी र भक्तपुरको मध्यपुर थिमि, चाँगुनारायण, सूर्यविनायक लगायतका ठाउँमा हैजा देखिएको छ।

त्यसैगरी, उपत्यकाबाहिर भने नुवाकोटको ककनी र धादिङको थाक्रे गाउँपालिकामा हैजा संक्रमण देखिएको महाशाखाले जनाएको छ।

प्रकाशित मिति: १९:०९ बजे, बुधबार, भदौ १, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्