प्रतिनिधिसभाबाट नागरिकता विधेयक भोलि नै पारित गर्ने तयारी
काठमाडाैं, भदाैं १ : नागरिकता विधेयक प्रतिनिधिसभाबाट भोलि पारित गर्ने तयारी भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीबाट संदेशसहित फिर्ता आएको विधेयक बिहीबार बस्ने प्रतिनिधिसभाको...
काठमाडाैं, भदाैं १ : नागरिकता विधेयक प्रतिनिधिसभाबाट भोलि पारित गर्ने तयारी भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीबाट संदेशसहित फिर्ता आएको विधेयक बिहीबार बस्ने प्रतिनिधिसभाको सम्भावित कार्यसूचीमा पारित गर्ने कार्यसूची रहेकाे छ।
प्रतिनिधिसभा नियमावलीको नियम १३६ अनुसार राष्ट्रपतिबाट पुनर्विचारको लागि सन्देशसहित विधेयक फिर्ता भएपछि सभालाई जानकारी दिइन्छ। यस्तो जानकारी संसद सचिवालयले प्रतिनिधिसभामा सोमबार नै गराइसकेको छ।
सभालाई विधेयक फिर्ताको जानकारी गराएपछि सदनमै पुनर्विचार गर्ने र संसदीय समितिमा पठाएर पुनर्विचार गर्ने दुईवटा पक्ष रहेका छन।
नागरिकता विधेयकका सन्दर्भमा सरकारले सदनमै पुनर्विचार गर्ने भएकाे छ।
बिहीबार गृहमन्त्री बालकृष्ण खाँडले नागरिकता विधेयकमाथि सदनमै पुनर्विचार गरियोस् भन्ने प्रस्ताव राख्नेछन्।
संघीय संसद सचिवालयका अनुसार बिहीबार नै नागरिकता विधेयक पास भएर राष्ट्रिय सभामा पठाउने तयारी छ ।












