Kathmandu Press

प्रहरीको सम्पूर्ण ध्यान निर्वाचनमा : प्रहरी महानिरीक्षक सिंह

काठमाडाैं, भदाैं १ : नेपाल प्रहरीका महानिरीक्षक (आइजिपी) धीरज प्रताप सिंहले प्रहरीको सम्पूर्ण ध्यान आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा केन्द्रित रहेको बताएका...
प्रहरीको सम्पूर्ण ध्यान निर्वाचनमा : प्रहरी महानिरीक्षक सिंह

काठमाडाैं, भदाैं १ : नेपाल प्रहरीका महानिरीक्षक (आइजिपी) धीरज प्रताप सिंहले प्रहरीको सम्पूर्ण ध्यान आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा केन्द्रित रहेको बताएका छन।

राजविराजमा आज पत्रकारसँग कुरा गर्दै उनले सफलतापूर्वक स्थानीय निर्वाचन सम्पन्न गरिसकेपछि प्रहरीको ध्यान आगामी निर्वाचन विश्वसनीय, भयरहित गराउनेतर्फ केन्द्रित रहेको बताए। आसन्न निर्वाचनमा नेपाल सरकारले दिएको जिम्मेवारीलाई निष्पक्ष, भयरहित तवरमा नागरिकको मताधिकारको प्रयोग गर्न दिने वातावरणा बनाउनु नै समस्त प्रहरीको एकमात्र उद्देश्य रहेको प्रहरी महानिरीक्षक सिंहले बताए।

उनले नागरिक समाज, सञ्चारकर्मीलाई समाजका विषयवस्तु प्रहरीभन्दा बढी जानकारी हुने भएकाले सहयोगको अपेक्षासमेत गरे। सार्वजनिक पद धारण गरेका व्यक्तिबाट पदीय आचारणविपरीत भएका कार्य, समाजमा भइरहेका विकृति, विसङ्गतिलाई पत्रकारले उजागर गर्ने मात्र नभई सुधार गर्ने, सच्याउने ढङ्गले पथप्रदर्शक बन्न पनि उनले आग्रह गरे। सबै क्षेत्रका कुरीतिलाई न्यूनीकरण गर्न पत्रकारको महत्वपूर्ण भूमिका रहेको उनले बताए।

अन्य प्रदेशको तुलनामा तस्करी, कालाबजारी, महिला हिंसाका घटना बढी रहेकाले प्रहरीलाई पत्रकार र नागरिक समाजको साथ सहयोग चाहिने उल्लेख गर्दै प्रहरी महानिरीक्षक सिंहले आफ्ना प्रहरी तस्करीमा संलग्न नभएको बताए। गलत बाटोमा प्रहरी संलग्न भएको पाइएमा जानकारी दिन अनुरोध गर्दै उनले कसूरअनुसार विभागीय कारबाही गरेर जानकारी सार्वजनिक गर्ने प्रतिबद्धता व्यक्त गरे।

प्रकाशित मिति: १८:२९ बजे, बुधबार, भदौ १, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्