बञ्चरेडाँडाको अवरोध हटाउन तीन जिल्लाका सिडिओको छलफल
काठमाडौं, भदौ १ : बञ्चरेडाँडा ल्याण्डफिल साइटमा फोहोर व्यवस्थापनमा भइरहेको अवरोध हटाउनका लागि तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु छलफलमा जुटेका छन् । बुधबार अपराह्न नुवाकोटको...
काठमाडौं, भदौ १ : बञ्चरेडाँडा ल्याण्डफिल साइटमा फोहोर व्यवस्थापनमा भइरहेको अवरोध हटाउनका लागि तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु छलफलमा जुटेका छन् ।
बुधबार अपराह्न नुवाकोटको ककनीमा काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविनद रिजाल, नुवाकोटका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसाल र धादिङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्साल छलफलमा जुटेका हुन् ।
काठमाडौंका प्रजिअ रिजालका अनुसार छलफलमा ककनी गाउँपालिकाका अध्यक्ष सुमन तामाङ, धुनीवेशी नगरपालिकाका मेयर बालकृष्ण आचार्य, काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्याल लगायत सहभागी छन्।
छलफलबाट आजै केही निचोड निकाल्ने अपेक्षा गरिएको छ । बञ्चरेडाँडा ल्याण्डफिल साइट प्रभावित क्षेत्र व्यवस्थापन समितिले तीन महिना समय दिएर साउन ३० देखि आन्दोलन स्थगित गरेपनि धादिङतर्फका स्थानीय आन्दोलनमा उत्रिएका थिए ।
आन्दोलन उत्कर्षमा पुगेपछि प्रहरी परिचालन गरी फोहोर फालिएको छ ।











