दार्चुलामा जिप दुर्घटना हुँदा पाँचजनाको मृत्यु
गोकुलेश्वरबाट खलंगातर्फ गइरहेको से१ज ५५१ दार्चुलाको शैल्यशिखर नगरपालिका-६ उल्लानी भन्ने ठाउँमा दुर्घटना भएकाे हाे।
दार्चुला, भदौ १ : दार्चुलामा जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ।
गोकुलेश्वरबाट खलंगातर्फ गइरहेको से१ज ५५१ दार्चुलाको शैल्यशिखर नगरपालिका-६ उल्लानी भन्ने ठाउँमा दुर्घटना भएकाे हाे।
दुर्घटनामा चार पुरुष र एक महिलाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा परी चार जना घाइते भएका छन्। घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीको भनाइ छ।
जिप सडकबाट करिब ५ सय मिटर तल खसेको बताइएकाे छ।
घटनास्थलमा प्रहरी चौकी मालिकार्जुनको टोली पुगेको र उद्धारको कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।
प्रकाशित मिति: १७:२८ बजे, बुधबार, भदौ १, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











