Kathmandu Press

काठमाडौं उपत्यकामा ३७९ जनामा कोरोना पुष्टि

काठमाडौं, भदौ १ : पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ३ सय ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।तीमध्ये काठमाडौंमा २ सय ६१, ललितपुरमा ५५...
काठमाडौं उपत्यकामा ३७९ जनामा कोरोना पुष्टि

काठमाडौं, भदौ १ : पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ३ सय ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

तीमध्ये काठमाडौंमा २ सय ६१, ललितपुरमा ५५ र भक्तपुरमा ६३ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

योसँगै काठमाडौं उपत्यकामा सक्रिय संक्रमितको संख्या ३ हजार ६ सय ३ पुगेको छ। तीमध्ये काठमाडौंमा २ हजार ६ सय ३२, ललितपुरमा ८ सय ६० र भक्तपुरमा १११ जना रहेको मन्त्रालयले जनाएको छ।

बुधबार देशभर ८ सय ५२ जना जनामा कोरोना संक्रमण पुष्टि हुँदा सक्रिय संक्रमितको संख्या ५५ हजार ४ सय ६२ पुगेको छ।

प्रकाशित मिति: १७:११ बजे, बुधबार, भदौ १, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्