थप ८५२ जनामा कोरोना संक्रमण पुष्टि
हाल नेपालमा ५ हजार ४ सय ६२ सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।
काठमाडाैं, भदाै १ : पछिल्लाे २४ घन्टामा नेपालमा थप ८ सय ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
देशभरि गरिएको ३ हजार ८ सय ७६ पिसिआर परिक्षणका क्रममा ५ सय ३१ जना र २ हजार ५ सय ७ पिसिआर परिक्षणका क्रममा ३ सय २१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ।
कोरोनाका कारण बुधबार कसैको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। त्यस्तै थप ३ सय २८ संक्रमित कोरोनामुक्त भएका छन्।
हाल नेपालमा ५ हजार ४ सय ६२ सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।
प्रकाशित मिति: १६:४७ बजे, बुधबार, भदौ १, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











